अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट सन्धिखर्क नगरपालिका-८ का वडाध्यक्षको निधन

कोरोनाबाट सन्धिखर्क नगरपालिका-८ का वडाध्यक्षको निधन


अर्घाखाँची– कोरोना संक्रमणबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको निधन भएको छ ।

सन्धिखर्क नगरपालिका-८ किमडाँडा घर हुनुभएका उहाँको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आज निधन भएको हो ।

कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका १ वर्षीय भुसालको अवस्था गम्भीर बनेपछि ४ दिनअघि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक रहनुभएका भुसाल शिक्षक पेसाबाट अवकाश पाएपछि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।