काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन गृहमन्त्री र प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।
निर्माला पन्तको बलात्कार पछि हत्या भएको आज तीन बर्ष पुगेको दिन देउवाले बालुवाटारमा मन्त्री र आइजिपीलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
देउवाले सामाजिक सञ्जालमा गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापासँगको भेटको फोटो सार्वजनिक गर्दै निमर्लाका हत्यारा पत्ता लगाउन निर्देशन दिएको उल्लेख गर्नुभएको छ ।
देउवाले लेख्नु भएको छ ‘निर्मला पन्तको हत्या भएको तीन बर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धान बारेमा जानकारी लिएको छु । चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’
प्रतिक्रिया