काठमाडौं-आजदेखि बुधबारसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो।
यस क्रममा आज सोमबार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ।





प्रतिक्रिया