दमक– कोरोना संक्रमण दर बढेको भन्दै दमक नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाका कारण दमक ठप्पप्रायः भएको छ ।
नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लगाएको हो ।
नगरपालिकाले अनुमति नलिइ अत्यावश्यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्द हुनेछन् ।
नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया