काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद समाधानका लागि भएको सनाखतमा उपेन्द्र यादव समूहमा बहुमत पुग्ने भएको छ ।
निर्वाचन आयोगले आइतबार थालेको ‘हेड काउन्ट’ मा उपेन्द्र पक्षमा वहुमत पुग्ने देखिएको हो । उपेन्द्र पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेका बताइएको छ । रेशम चौधरीले पनि आफूहरूकै पक्षमा हस्ताक्षर गर्ने उपेन्द्र गुटले बताएको छ ।
आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका ५१ सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो । हेट काउन्ट सकिएपछि जसपा आधिकारिकता विवादबारे आयोगले टुंगो लगाउने छ ।
आधिकारिकता विवाद टुंगो लगाउन आयोगले दुबै पक्षसँग सहमतिको प्रयास गरेको थियो । सो प्रयास असफल भएपछि आयोगले इजलास गठन गरेर सो विषयमा सुनुवाइ गरिसकेको छ ।







प्रतिक्रिया