काठमाडौं– पाकिस्तानका क्रिकेटर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नु हुने भएको छ ।
भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नु हुने भएको हो ।
अफ्रिदीले ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट खेल्नु हुनेछ । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रूपमा ल्याएको हो ।
४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी(२० म्याच खेलिसक्नुभएको छ ।
पाकिस्तानका पूर्वकप्तान समेत रहनुभएका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाउनुभएको छ । उहाँले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेल्नुभएको थियो ।
आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया