अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकता १० दिनभित्र टुंगिन्छ, अब माधवलाई कुरेर बस्दैनौँ : प्रदीप ज्ञवाली

एमाले एकता १० दिनभित्र टुंगिन्छ, अब माधवलाई कुरेर बस्दैनौँ : प्रदीप ज्ञवाली


रूपन्देही– नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने दाबी गर्नुभएको छ ।

आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।

‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौँ जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन,’ नेता ज्ञवालीले भन्नुभयो ।

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेले पनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने उहाँको टिप्पणी थियो ।