काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओली सरहको जिम्मेवारी दिन नसकिने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महासेठले यस्तो बताउनुभएको हो ।
‘कुनै पनि हालतमा माधव कमरेडलाई बराबरी हैसियतको अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन,’ उहाँले भन्नुभयो ।
नेता महासेठले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएकोसमेत स्पष्ट पार्नुभयो । ‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह-अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया