अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र महतोको आरोप : निर्वाचन आयोगले जसपा फुटायो

राजेन्द्र महतोको आरोप : निर्वाचन आयोगले जसपा फुटायो


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाउनुभएको छ ।

उहाँले आफूहरूले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको आरोप लगाउनुभएको हो ।

‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो,’ आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भन्नुभयो ।

‘एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब जनता मै जाने हो,’ उहाँले अगाडि भन्नुभयो, ‘यो अवस्थाका लागि हामीले एक वर्षअघि उपेन्द्र यादवको पार्टी हामीले बचाइदिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न र शोषण उत्पीडनमा परेका जनतालाई न्याय दिन हामी एकताबद्ध भएका थियौँ । त्यसको ठीक विपरीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अघि बढ्छ । यो बहुराष्ट्रिय राज्य हो । यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’