काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले खगेन्द्र संग्रौलालाई कुनै धम्की नदिएको स्पष्ट पार्नुभएको छ ।
संग्रोलाले नेता बस्नेतले आफूलाई धम्की दिएको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको थियो । त्यसबारे स्पष्ट पार्दै बस्नेतले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरूलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।’
नेता बस्नेतले आफू भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको दावी पनि गर्नुभएको छ । ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ । राजनीतिकरूपमा पनि जेष्ठ नागरिक र अग्रजहरूको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्क्याउने/थर्काउने मेरो शैली होइन,’ उहाँले उल्लेख गर्नुभएको छ ।
नेता बस्नेतले अगाडि लेख्नुभएको छ, ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ । न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ । न त्यसो गर्न आवश्यक नै छ ।’
खगेन्द्र संग्रौलाको ट्वीट :
प्रतिक्रिया