अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक अहिले बिहान नौ बजे बस्ने

कांग्रेस पदाधिकारी बैठक अहिले बिहान नौ बजे बस्ने


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा आज बिहान नौ बजे बस्दैछ ।

आज देखि हुनु पर्ने कांग्रेसका वडा अधिवेशनहरु स्थगित भएको सन्दर्भमा भदौमा हुने महाधिवशेन पनि स्थगित हुने आशंकाकाबीच आजको बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यलयमा क्रियाशिल सदस्यताका विषयमा विभिन्न माग राखेर कार्यकर्ताको धर्ना र आमरण अनसन जारी छ ।

आजको बैठकमा स्थगित भएका वडा अधिवेशन खुलाउने र क्रियाशिल सदस्यताको विवाद टुंग्याउने विषयमा छलफल हने कांग्रेका एक नेताले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा पार्टी सभापति देउवा इतरको समूहले मन्त्री छनौटको मापदण्ड बनाउनु पर्ने विषयमा पनि आजको बैठकमा कुरा उठाउने भएको छ ।