अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आदिवासी जनजाति महासंघले भन्यो– ‘रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक’

आदिवासी जनजाति महासंघले भन्यो– ‘रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक’


काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको प्रतिक्रिया दिएको छ ।

महासंघका अध्यक्ष जगत बराम मगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताउनुभएको छ । ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं ।’

मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘ मार्ग परिवर्तनस्विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गर्नुभएको थियो ।