अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको परिवर्तनशिल आकांक्षा भित्र संघीयता खुसुक्क घुसाइयो : बास्कोटा

जनताको परिवर्तनशिल आकांक्षा भित्र संघीयता खुसुक्क घुसाइयो : बास्कोटा


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालको आर्थिक,सामाजिक र भौगोलिक स्थिती नहेरी संघीयता खुसुक्क घुसाइएको बताउनुभएको छ ।
संघीयतालाई लक्षित गर्दै सामाजिक सञ्जालमा आफ्नो बिचार लेख्दै बास्कोटाले ‘जनताको आमुल परिवर्तनको स्वप्नशील तागत भित्र यो एजेण्ड खुसुक्क घुसाइयो’ भन्नुभएको छ ।
संघीयता स्थापनाका लागि नेपालमा भन्दा विदेशमा गोष्ठीहरुको बाढी आएको र त्यही बाढीमा नेपालीहरु बगिरहेको बास्कोटाको भनाइ छ । संघीयतामा कुनै देश किन गए भनेर नेपालीले त्यसको आर्थिक,सामाजिक,साँस्कृतिक पृष्ठभूमी नरहेको उल्लेख गर्नुभएको छ ।