काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।
देउवाले केही मन्त्री थप गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्रै छ ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
सरकारमा सहभागितालगायतका विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ ।







प्रतिक्रिया