काठमाडौं- पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुख हटाउने तयारी भएको छ ।
सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको देउवा निकट एक नेताले जानकारी दिए ।
ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गर्नुभएको थियो ।
अहिराज कुनै दलमा नखुलेका पूर्वपत्रकार हुनुहुन्छ । उहाँले प्रदेश सरकारलाई समावेशी बनाउन र कतिपय कानून फिर्ता पठाएर सकारात्मक हस्तक्षेप गर्नुभएको थियो ।
प्रतिक्रिया