काठमाडौं– नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक र निजामति विधेयक छिटो पारित गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सांसद पण्डितले भन्नुभयो, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’
उहाँले अपराधी बालुवाटार नपुगुन् भनेर पनि सचेत गराउनुभयो । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन् । यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ,’ सांसद पण्डितले भन्नुभयो ।
प्रतिक्रिया