अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नयाँ सरकार बनेसँगै निराशाका दिन सुरु भए’

‘नयाँ सरकार बनेसँगै निराशाका दिन सुरु भए’


काठमाडौं– नेकपा एमालेका सांसद घनश्याम खतिवडाले नयाँ सरकार बनेसँगै निराशाका दिन सुरु भएका बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, ‘न कोभिड खोप पाइएको छ, अघिल्लो सरकारका निर्णय उल्ट्याउन खोजिएको छ, निराशाका दिन सुरु भए भन्ने लागेको छ ।’

कोभिडको असर बढिरहेका बेला पहुँचवालाले मात्र पाउने खोप पाएको सुनिएको भन्दै सांसद खतिवडाले सहजरूपमा खोप दिलाउने व्यवस्था मिलाउने सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘कोभिडको असर बढिरहेको छ, खोप पहुँचवालाले मात्र पाउने र दुर्गममा नजाने भएको छ, खोपको विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, हुन त सरकार बनेको यतिका दिनसम्म पनि स्वास्थ्य मन्त्रालयले मन्त्री नपाएको अवस्थामा केपो होला र?,’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँले सुकुम्वासी समस्या सम्बन्धमा अघिल्लो सरकारले बनाएका नीति, थिति, विधि र प्रक्रियाहरूलाई लथालिंग पार्ने अभिव्यक्ति आइरहेका समेत बताउनुभयो । ‘सुकुम्वासीको भावना भड्क्यो भने राज्यले समाल्हन नसक्ला,’ सांसद खतिवडाले भन्नुभयो ।