काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाउनुभएको छ । उच्च अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै आज काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।
महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिनुभयो । ‘जिल्लाले जे फैसला गरेको थियो सोही फैसला सदर भएको छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया