अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ प्रमुखमा परियार र गण्डकीमा शेरचनलाई सिफारिस गर्ने माओवादीको निर्णय

प्रदेश २ प्रमुखमा परियार र गण्डकीमा शेरचनलाई सिफारिस गर्ने माओवादीको निर्णय


काठमाडौं– नेकपा माओवादी केन्द्रले अघिल्लो सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्ने निर्णय गरेको छ।

आफ्ना भागमा परेका दुई वटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने आज बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुई वटा परेको छ । शेरचन र परियार दुवै जनालाई अघिल्लो सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

दिउँसो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा ओली सरकारले हटाएका प्रदेश प्रमुखलाई नै पुनर्नियुक्ति गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो ।