अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन थपिए ३८९९ संक्रमित, २० जनाको मृत्यु

फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन थपिए ३८९९ संक्रमित, २० जनाको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, एन्टिजेन विधिबाट ४ हजार ८६३ गर्दा ११७३ जनामा संक्रमण देखिएको छ ।

त्यतै, गत २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । यो अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।