अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोकियो ओलम्पिकमा एलेक्सको कीर्तिमान

टोकियो ओलम्पिकमा एलेक्सको कीर्तिमान


काठमाडौं– जापानमा जारी टोकियो ओलम्पिकमा स्वीमङमा प्रतिस्पर्धामा एलेक्स साहले १०० मिटर फ्रि(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको हो ।

मंगलबार नौ वटा हिट चरण छन् । यसबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

हिट-१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गर्नुभएका एलेक्सले प्रथम स्थान हासिल गर्नुभएको थियो ।

यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उहाँभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावना भने सकिएको छ ।