काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखका लागि सिफारिस गरेका अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा नियुक्ति नपाउनुहुने भएको छ ।
संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था रहेको छ । माओवादी केन्द्रको आजको बैठकको निर्णय संविधान विपरित छ ।
माओवादी स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
प्रतिक्रिया