अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशको नामकरणबारे मुख्यमन्त्री राईले थाल्नुभयो छलफल

प्रदेशको नामकरणबारे मुख्यमन्त्री राईले थाल्नुभयो छलफल


विराटनगर– प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थाल्नुभएको छ ।

प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थाल्नुभएको हो ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थाल्नुभएको हो । प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ भने यही सेरोफेरोमा सर्वसम्मति एवं सहमति जुटाउन मुख्यमन्त्री राई प्रदेशको नामकरणका लागि छलफल शुरु गर्नुभएको हो ।

मुख्यमन्त्री राईले दलका नेताहरूसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तीव्रता दिनुभएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नुभएको हो ।

छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनुभएको छ ।