अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा बिष्ट दम्पतिको घटना स्थलमै मृत्यू

मोटरसाइकल दुर्घटनामा बिष्ट दम्पतिको घटना स्थलमै मृत्यू


झापा -गएराती झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान श्रीमतीको घटना स्थलमै मृत्यू भएको छ ।
इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ बर्षीय पूर्णबहादुर बिष्ट र उहाँकी ३६ बर्षीय श्रीमती हिमा बिष्टको घटना स्थलमै मृत्यू भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृत्यू भएको हो । बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आउनुभएको थियो ।