मोरङ– उर्लाबारी नगरपालिका आज बिहानदेखि पूर्ण लकडाउन भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको बैठकले गएराति १२ बजेदेखि १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेपछि एक सातासम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएका छ । लकडाउनलाई पालना गराउन बिहानैदेखि नगर प्रहरी र स्थानीय प्रशासन लागिपरेको छ ।
लकडाउनको अवज्ञा गर्नेलाई बिहानैदेखि कारबाही सुरु गरेको उर्लाबारी नगर प्रहरी प्रमुख याम कार्कीले बताउनुभयो । उर्लाबारीमा लकडाउनलाई कार्यान्वयन गराउन बिहानैदेखी प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्ग बाहेक शाखा सडक खण्ड, बजार पसल सबै बन्द गराक्ष्एको छ ।
लकडाउनको अवधिमा औषधिजन्य पसल, अस्पताल, फोहोरमैला व्यवस्थापन, दुध डेरी र खानेपानी उद्योगबाहेक अन्य सबै पसल, व्यवसाय बन्द हुनेभएको छ ।
यस्तै, विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालयको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई स्थानीय प्रहरी प्रशासनबाट प्रवेश पत्रको जाँचबुझ गरी सहजरुपमा परीक्षा हलसम्म जान अनुमति दिइने भएको छ ।
उर्लाबारीका कोरोनाको दोश्रो भेरियन्टबाट ४८ जनाको मृत्यु भइसकेको छ । नगरमा पछिल्लो समयमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ ।
प्रतिक्रिया