अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद विस्तारको तयारी

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद विस्तारको तयारी


काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुभएको छ ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । गठबन्धनमा आवद्ध जानता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले जसपालाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बताइएको छ ।

सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।