अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरीमा भेटियो आमा, छोरा र छोरीको शव

पोखरीमा भेटियो आमा, छोरा र छोरीको शव


सर्लाही- सर्लाहीको ब्रहृमपुरी गाउँपालिका- ३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

ब्रहृमपुरी गाउँपालिका- ३ भेल्हीका सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिनुभयो ।

रिकेवादेवी मंगलबार राति नाबालक छोरा-छोरीसहित घरबाट निस्कनुभएको थियो । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताउनुभयो ।

श्रीमती र छोराछोरी खोज्न निस्कनुभएका कापड पनि अझै फर्कनुभएको छैन ।