अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात जना घाइते

गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात जना घाइते


गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान चन्द्रकोट गाउँपालिकाअन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्तर्गत दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि चालकसहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास लगिँदैछ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत भै नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताउनु भएको छ ।

दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना परेर जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।