काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारको कामलाई छिटो अगाडि बढाउने विषयमा सहमति भएको छ ।
मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पुर्याउनुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री खड्काले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रमको टुंगो तत्काल लगाउन महामन्त्री खड्काको नेतृत्वमा रहेको कार्यदललाई निर्देशन दिनुभएको थियो ।
बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा। विजय पौडेल पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया