अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको सुरुवात लक्षण राम्रो देखिएन : देवेन्द्र दाहाल

सरकारको सुरुवात लक्षण राम्रो देखिएन : देवेन्द्र दाहाल


कााठमाडौं– नेकपा एमालेका राष्ट्रिसभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारले जनताका कामलाई प्राथमिकता नदिएको बताउनुभएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान बाढीपहिरो, कोरोना नियन्त्रणभन्दा बाहिर गएको बताउनुभएको हो ।

‘बाढीपहिरो र विपत्तिमा परेका जनताहरूलाई यो सरकारले केही राहत/सौलियत दिन्छ भन्ने केही लक्षण देखिएको छैन,’ राष्ट्रियसभा सदस्य दाहालले भन्नुभयो ।

साथै, उहाँले अघिल्लो सरकारले सुरु गरेका महत्वपूर्ण विकास निर्माणका योजनालाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य दाहालले ओली सरकारले सुरु गरेका विकास निर्माणका कामले उही तीव्रता पाउने हो कि होइन भनेर प्रश्नसमेत गर्नुभयो ।