काठमाडौं -सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा नेपालले तीन सर्त अघि सार्दै विश्वासको मत फिर्ता लिने चेतावनी दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको छलफलमा अध्यक्ष चित्र बहादुर केसीले यस्तो चेतावनी दिनुभएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार केसीले एमसीसी पास गर्ने सरकारको तयारीप्रति तिव्र बिरोध गर्नुभएको छ । ‘ओली सरकारले एमसीसी पास गर्न लागो भनेर बिरोध गर्ने तपाईंहरु,अहिले एमसीसी पास गर्नुपर्दछ भन्ने पनि तपाईंहरु’ केसीको भनाइ उधृत गर्दै एक नेताले भन्नुभयो ‘यो दोधारे रवैया हो भने हामी सरकारलाई दिएको समर्थन फिर्ता गर्दछौं ।’
केसीले संघीयताको रटानमा मात्र सरकार अल्झेको दोस्रो तर्क अघि सार्नु भएको छ । ‘विभिन्न पक्षबाट उठेका मागका बिषयलाई पनि सम्बोधन हुनु पर्दछ । एकोहोरो संघीयता भनेर रटान लाउनुको के अर्थ ? यस्तै हो भने सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं ’ केसीले बैठकमा भन्नुभएको थियो ।
केसीको तेस्रो तर्क थियो सरकार कोरोना नियन्त्रणमा प्रभावकारी देखिएन । ‘यो सरकार आएपछि कोरोना खोप पनि सहजै पाइएला । रोकथाम र नियन्त्रणका अरु उपाय पनि अबलम्बन होला भन्ने धेरैको अनुमान थियो । सरकार त्यताको बाटो लाग्दै लागेन । यही अवस्था हो भने हामी सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं’ केसीले बैठकमा सबैलाई स्तव्ध पार्दै भन्नुभएको एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया