अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादीले सांसदबाट पदमुक्त गरेका चार नेता सर्वोच्चमा

माओवादीले सांसदबाट पदमुक्त गरेका चार नेता सर्वोच्चमा


काठमाडौं– नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उहाँहरू माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको थियो ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उहाँहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री हुनुहुन्थ्यो ।