अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘एमसीसी राष्ट्रघाती छ, गठबन्धनको हेक्का रहोस्’

‘एमसीसी राष्ट्रघाती छ, गठबन्धनको हेक्का रहोस्’


काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको बताउनुभएको छ । नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने पनि बताउनुभएको छ ।

‘नेपालको संविधान,कानुन,राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्,’ नेता रावलले ट्वीट गर्नुभएको छ ।

एमसीसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि त्यसलाई हेक्का राख्नुपर्नेमा उहाँले जोठड दिनुभएको छ ।