अछाम- बाजुराको गौमुलमा बुढीगंगा नदी थुनिदा अछाममा त्राससँगै जिल्ला प्रशासन कार्यालयले सर्तक रहन आग्रह गरेको छ । प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर थुनिएको नदी फुटेर बाढी आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न गइ जोखिम हुनसक्ने भएकोले सर्तक रहन सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाको भनाइ छ । बूढीगंगा नदी छेउछाउका बुढाबगरदेखि साँफेबगर बजार र चित्रेसम्मका वस्तीका नागरिकलाई सुरक्षित रहनका भनिएको छ । नदीमा पानीको बहाव बढेर कुनै क्षति भएमा वा हुनसक्ने अवस्था सिर्जना भएमा प्रशासन कार्यालयमा जानकारी दिन भनिएको छ ।
बाजुराको गौमुलमा पानीको बहाव घटबढ भइरहेकोले थुनिएको नदी फुट्न सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । थुनिएको नदी फुटेर आएमा अछामको साँफेबगर नगरपालिकाको अधिकाँस बजार र क्षेत्रसँगै मेल्लेख गाउँपालिका, चौरपाटी र मंगलसेन नगरपालिकाको क्षेत्रमा क्षति पुर्याउनेछ ।





प्रतिक्रिया