अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३८४० जनामा कोरोना संक्रमण, ३३ संक्रमितको मृत्यु

देशभर आज ३८४० जनामा कोरोना संक्रमण, ३३ संक्रमितको मृत्यु


काठमाडौं- बुधबार थप ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२ गर्दा १२०६ मा संक्रमण देखिएको छ।

कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्।

संक्रमणदर विस्तारै उकालो लाग्दै गएको मन्त्रालयले जनाएको छ।