अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ नि : गोकुल बाँस्कोटा

एमसीसी खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ नि : गोकुल बाँस्कोटा


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी परियोजना संसदमा पेश गरेर देखाउन चुनौती दिनुभएको छ ।

आज ट्विटरमार्फत उहाँले यस्तो चुनौती दिनुभएको हो । बाँस्कोटाले एमसीसी परियोजनाका विषयमा राजनितिक दाउपेच गरिरहनु उपयुक्त नभएको भन्दै संसदमा प्रस्ताव पेश गर्न चुनौती दिनुभएको हो ।

‘परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ नि झन्नै दुई तिहाईको परमादेश देउवा सरकारले । ओली हुँदा त छिटो ल्याउ भनेर बेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्डसमेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि?,’ उहाँले लेख्नुभएको छ ।