अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ प्रधानमन्त्रीद्वारा देउवालाई बधाई

चिनियाँ प्रधानमन्त्रीद्वारा देउवालाई बधाई


काठमाडौं– प्रधानमन्त्री नियुक्त भएको दुई सातापछि शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई तथा शुभकामना दिनुभएको छ ।

चिनियाँ प्रधानमन्त्रीले बधाई सन्देश पठाउँदै मिलेर काम गर्न इच्छुक रहेको बताएका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उल्लेख गर्नुभएको छ ।

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताएका छन्’ राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।

कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँले साउन ३ गते संसदबाट विश्वासको मत लिनुभएको थियो ।