काठमाडौं– नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।
आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुुभएको हो ।
मंगलबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गर्नुभएको थियो ।
गुरुङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्र्मुख हुनुहुन्थ्यो ।
प्रतिक्रिया