अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि विराटनगरका मेयर भीम पराजुलीलाई लखेटियो

कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि विराटनगरका मेयर भीम पराजुलीलाई लखेटियो


मोरङ– कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि विराटनगरका मेयर भीम पराजुली लखेटिनुभएको छ ।

बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिनुभएको हो ।

मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमल राज भण्डारीको घरमा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए ।

आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरेका छन् ।

तस्बिर सौजन्य : हाम्रो मत