अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री छान्न देउवालाई सकस : आज पनि गठबन्धनको बैठक

मन्त्री छान्न देउवालाई सकस : आज पनि गठबन्धनको बैठक


काठमाडौं -सरकार गठन भएको दुई साता वित्दा पनि मन्त्री चयन गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले बिहान साढे आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा माधव नेपाल समुहको पनि उपस्थिती हुनेछ ।
सत्तारुढ घटकका सबैले शक्तिसाली र मन्त्रालयको संख्या पनि धेरै माग गरेकोले देउवालाई भागवण्डा मिलाउन मुस्किल परेको छ । आजको बैठकमा माधव नेपाल समुहले पनि मन्त्रालय तोकेर नै आफ्नो भाग माग गर्ने तयारी गरेको छ । हिजोको बैठकमा नेपाललाई सरकारमा जान उहाँका निटक साँसदहरुले दबाब दिनुभएको थियो । मन्त्रालयको भागवण्डाका बिषयमा हिजो पनि गठबन्धन बैठक बसेको थियो । तर सबैले मन्त्रालयको संख्या धेरै माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
आजको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको बारेमा पनि छलफल हुने जनाइएको छ ।