काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।
क्रियाशील सदस्यता विवाद सल्ट्याउन दिउँसो २ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्न लागेको हो।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले अपुरो प्रतिवेदन पुरा गरी बुझाउनेछ। बुधवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले रमेश लेखक संयोजक रहेको छानबिन समितिलाई आजसम्मको म्याद थप गरेको हो।
कांग्रेसले साउन १२ गते वडा तहको अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। यद्यपि वडा तहको अधिवेशन स्थगित भइसकेको छ।







प्रतिक्रिया