अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अहिराजका १७ स्मरणीय काम, भीम उपाध्याययले नै गरे प्रशंसा

ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अहिराजका १७ स्मरणीय काम, भीम उपाध्याययले नै गरे प्रशंसा


काठमाडौं– केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश २ का प्रदेश प्रमुख राजेशकुमार अहिराजलाई पदमुक्त गर्ने तयारीमा देउवा सरकार छ ।

अहिराजलाई पदमुक्त गर्ने तयारी गरेकोमा ओली सरकारका तीब्र विरोधी पूर्वसचिव भीम उपाध्यायले नै प्रशंसा गरेका छन् ।

पत्रकारिता र राजनीतिमा अलग पहिचान बनाउनुभएका अहिराजलाई निवर्तमान केपी ओली सरकारले २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।

अहिराज मधेसकै माटोमा जन्मिए, हुर्किए पनि मधेसका नेताहरुका कामकारबाहीबारे भने खरो आलोचना गरिरहनुहुन्थ्यो ।

प्रदेश प्रमुख भएलगत्तै कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, मन्त्रीको शपथ नेपाली भाषामै गराउने, मन्त्रिपरिषद् समावेशी बनाउन ध्यानाकर्षण गराउनदेखि विधेयकका कमजोरी देखाएर संसदमै फिर्ता पठाउनेलगायत काम गर्नुभएको थियो ।

भीम उपाध्यायको नजरमा अहिराका केही स्मरणीय कार्य

प्रदेश २ का प्रमूख डा राजेश अहिराजले छोटो समयमानै गरेका अनुकरणीय सकरात्मक कार्यहरू-

– आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्ने बित्तिकै पृथ्वीनारायण शाहको पूर्ण कदको फोटो टाँसेको,

– मन्त्रीहरुको शपथ ग्रहण अनिवार्य नेपाली भाषामै गराएको,

– मन्त्रीमण्डलमा महिला सहितको समावेशी हुनुपर्छ भनेर प्रदेश सरकारलाई सुझाव दिएको ।

– प्रदेश -२ को सरकार, बजेट र कार्यक्रममा प्रदेश भित्र रहेका पहाडी समुदायलाई स्थान दिन सरकारलाई सुझाव दिएको।

– देशका सीमा स्तम्भ निरीक्षण गर्न सीमा क्षेत्रमै पुगेर,

– विधिसंवत् र देश हितमा नभएका दुई विधेयक लिखित सुझाव सहित संसदमा फिर्ता पठाएको,

– प्रदेश सरकारलाई समावेशी बनाउन लिखित पत्राचार गरेको,

– सडकमा भेटिएका घाईतेको उपचारका लागि आफ्नै सवारी साधन अस्पताल पठाएको,

– जातीय र सामुदायिक अतिवादलाई न्युन गर्दै समभावमा आधारित समाज निर्माणको पहल गरेको,

– शिरमा देश मधेशमा मन राखेर काम गर्न सबैलाई निर्देशन दिएर आफूले पनि गरेको,

– निजी स्वकीय सचिवालय नराखेर राज्यको पैसा जोगाएर र निजामती कर्मचारीमै विश्वास राखेको।

– नागरिकको सुखदुख बुझ्न घरआँगनमै पुगेको, किसानको पीडा बुझ्न खेतमै पुगेर र विद्यार्थीको पीडा बुझ्न विद्यालयमै पुगेको।

– कक्षा -१ मा नियमित अध्यापन गराउन गएर शिक्षण पेशा र शिक्षकको मर्यादा उच्च राख्ने काम गरेको।

– अनाथ र दुखी पीडितलाई आफ्नै तलबबाट पटक पटक राहत वितरण गरेको।

– कार्यालयका करारमा रहेका सहयोगी र चालकलाई आफ्नो तलबबाट रू २०/ २० लाखको जीवनविमा गराईदिएको।

– दलभन्दा माथि उठेर देशका लागि काम गरेको।

– भेट्न आउनेलाई नेपालको झण्डा अङ्कित लोगो लगाइ दिएर पठाउने गरेको।

अन्त्यमा उपाध्यायले टिप्पणी गर्नुभएको छ- ‘काम गर्नेले अधिकार नभए पनि यसरी काम गर्छन् । यसलाई लिडरसिप भनिन्छ ।’