अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच छलफल

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच छलफल


 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति गरेको थियो।

शुक्रबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई पूर्णता लिने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार निकट स्रोतले जनाएको छ।