अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० करोड रुपैयाँ लगानीमा झापामा चिया उद्योग

३० करोड रुपैयाँ लगानीमा झापामा चिया उद्योग


झापा– व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याट्रेसलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले रु ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।

गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर-१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत हुनुहुन्छ ।

प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पुर्‍याउनुभएका उहाँले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।

उहाँले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारीदिनुभयो । भारत, रुस र अरब मुलुकहरूमा निर्यात गर्ने तयारी रहेको बताइएको छ ।

वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।