अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जानुभएको छ ।

उहाँले आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । देउवालाई भेटेलगत्तै प्रचण्ड नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो ।

अहिले प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भइरहेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।