अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा कोरोना संक्रमितको संख्या ३६२ पुग्यो

हुम्लामा कोरोना संक्रमितको संख्या ३६२ पुग्यो


हुम्ला- जिल्लामा कोभिड-१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् ।

जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल सङ्क्रमित ३६२ पुगेको हो । सङ्क्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।