अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद शनिबारसम्म टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन

एमाले विवाद शनिबारसम्म टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन


काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवादलाई तत्काल वारपार गर्न निर्देशन दिनुभएको छ ।
हिजो पार्टी कार्यलयमा पुगेर महासचिव इश्वर पोख्रेललाई शनिवार बिहान आम कार्यकर्ताले पार्टी मिल्यो वा फूट्यो भन्ने स्पष्ट सन्देश पाउने गरी काम गर्न निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।
पार्टीमा सहमतिका नाममा कुनै पनि निर्णय हुन नसक्दा सबै कमिटी र कार्यकर्ता क्रोनिक हुँदै गएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीले अब दुईदिनभित्र सबै बिषय टुंगो लगाउन निर्देशन दिनुभएको हो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु सहमतिकै लागि लागिपरिरहेको बताउनुभएको छ । ‘जतिसक्दो चाँडो पार्टीका विवाद समाधान गरौं भनेर हामी दुवै पक्षका साथीहरु छलफलमै छौं’ नेपाली बहस डट कमसँग नेम्वाङले भन्नुभयो ‘अब एक दुईदिन मै जे हुने हो हुन्छ । कि एकै ठाउँ भइन्छ । एकै ठाउँ हुन नसक्ने साथीहरु बाटो लाग्नुहुन्छ ।’