अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुटुक्क आफ्ना कार्यकर्तालाई मात्र खोप लगाएको भन्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन

सुटुक्क आफ्ना कार्यकर्तालाई मात्र खोप लगाएको भन्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन


विराटनगर– आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध महानगर भवन अगाडि प्रदर्शन गरिएको छ।

प्रमुख पराजुलीले बुधबार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले आज प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएर प्रदर्शन गरेका थिए ।

बुधबार राति विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेसी विमल राजभण्डारीका घरमा सुटुक्क भेरोसेल खोप दिइरहेको थाहा पाएपछि स्थानीय युवा र महिलाले मेयर पराजुली र उहाँको समूहलाई लखेटेका थिए ।