काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले खोपको तालिका संशोधन गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई आज अर्थ मन्त्रालयमा बोलाएर अर्थमन्त्री शर्माले खोपको तालिका संशोधन गर्न निर्देशन दिनुभएको हो । उहाँले असोज मसान्तभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न निर्देशन दिनुभयो ।
खोप खरिदका लागि पैसाको कुनै कमी हुन नदिने भन्दै उहाँले जुन(जुन देशबाट खोप ल्याउन सकिन्छ त्यहाँबाट भित्र्याउन आग्रह गर्नुभयो ।
असोजभित्र खोप ल्याउन नसके मुलुकको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उहाँले खोप खरिदका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताउनुभयो ।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म सबैलाई खोपको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया