वासिङ्टनडिसी– अमेरिकामा आज शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लेमा ८।२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
स्थानीय समयानुसार दिउँसो २ः१५ बजे उक्त भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।





प्रतिक्रिया